ऊर्जा सम्मेलनको तयारी तीव्र • Image Khabar Image Khabar


ऊर्जा सम्मेलनको तयारी तीव्र


Imagekhabar
६ कार्तिक २०७६, बुधबार २०:५६

ऊर्जा सम्मेलनको तयारी तीव्र

काठमाडौं, कात्तिक ६ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आसन्न ऊर्जा सम्मेलनले नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय विद्युत् व्यापारका विषयमा महत्वपूर्ण समझदारी गर्ने जनाएको छ ।

आउँदो मंसिर ५ र ६ गते काठमाडौंमा हुन लागेको ऊर्जा सम्मेलनको तयारीबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा इपानले सम्मेलनले ऊर्जा व्यापारका विषयमा गहन छलफल र लगानीबारे विभिन्न सम्झौता हुने जनाएको छ ।

सम्मेलनमा भारत र बंगलादेशसँग संयुक्त लगानी गर्ने विषयमा सहमति गर्ने तयारी गरिरहेको इपानले जनाएको छ ।

सम्मेलनमा भारतीय र बंगलादेशबाट विभागीय मन्त्रीको नेतृत्वमा लगानीकर्ता सहभागी हुने इपानका अध्यक्ष शैलेन्द्र गुरागाइँले बताए ।

सम्मेलनमा ७५० जना बढी स्वदेशी एवं विदेशी लगानीकर्ता सहभागी हुने इपानले जनाएको छ ।

सम्मेलनमा भारत, बंगलादेशसहित चीन, नेदरल्यान्ड, नर्वे, दक्षिण कोरिया, क्यानडालगायतका लगानीकर्ता एवं प्रतिनिधिको सहभागिता रहने इपानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्