
काठमाडौं, कात्तिक ६ । बुधबार सेयरबजार परिसूचकमा सुधार आयो । कारोबार भने न्यून नै रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंक बराबरले सकारात्मक रहेर ११ सय ४२ पुग्यो ।
कारोबार भने जम्मा १६ करोड बराबरमा खुम्चिएको छ ।
यसदिन कारोबार भएका सबै समूह हरियो रहे । जीवनबिमा समूह सबैभन्दा उच्च ४८ अंकले उकालो लाग्यो । होटल समूहमा २१ अंकको वृद्धि आयो । जलविद्युत् समूह पनि दोहोरो अंकले बढ्दा अरु सामान्य अंकले हरियो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५३ कम्पनीका ६ लाख कित्ता बराबर सेयर जम्मा १६ करोड ३८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्