२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दुई महिनाको आर्थिक सूचकांक सकारात्मक, आयात घट्यो, निर्यात बढ्यो


0
Shares

काठमाडौं, कात्तिक ६ । पछिल्लो दुई महिना अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिना अवधि अर्थात् भदौसम्मको तथ्यांकले सूचक केही सकारात्क बन्दै गएको देखाएको हो ।

यस अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति १०७८ अर्ब ९४ करोड कायम भएको छ । 

बैंकिङ कारोबारमा आधारित संघीय सरकारको खर्च ४३ अर्ब १२ करोड र राजस्व परिचालन १४१ अर्ब ५१ करोड भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को दुई महिनामा कुल वस्तु निर्यात २५.९ प्रतिशतले वृद्धि भइ १८ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ प्रतिशतले वृद्धि भएकोे थियो ।

यस अवधिमा कुल वस्तु आयात १.२ प्रतिशतले घटेर २२९ अर्ब ५० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.५ प्रतिशतले बढेको थियो ।

वाार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ६.१६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा मूल्यवृद्धि जम्मा ३.८६ प्रतिशत रहेको थियो ।