
काठमाडौं । ज्योति विकास बैंक एघारौं बर्षमा प्रवेश गरेको छ ।
बैंकले राजधानीमा दशौं बार्षिकोत्सवका अवसरमा गरेको विशेष कार्यक्रममा अध्यक्ष हरिचन्द्र खड्काले बैंक प्रगति जारी राख्न सफल भएको बताए ।
२०६५ श्रावण ९ गते २५ करोड पूँजीमा स्थापना भएको बैंक २ अर्ब ५९ करोड पूँजी पुर्याउन सफल भएको जनाइएको छ ।
१९ अर्ब ५५ करोड कूल निक्षेप पुगेको बैंकले हालसम्म १६ अर्ब बढी कर्जा प्रवाह गरेको जनाइएको छ ।
बैंकले हाल ६० वटा शाखाबाट डेढ लाख ग्राहकलाई बैंकिङ सेवा पुर्याउँदै आएको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्