१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


तनहुँ जलविद्युत आयोजना अगाडी बढाउन ठेकेदार छनोट


0
Shares

तनहुँ । तनहुँ जलविद्युत आयोजना अगाडी बढाउन ठेकेदार छनोट भएको छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरेको हो ।

आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (ज्भबम धयचपक)निर्माणका लागि सबैभन्दा कम बोलकबोल  गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको जनाइएको छ ।

कम्पनीसँग रु.२० अर्ब ६४ करोड ५२ लाख खरिद सम्झौता हुने जनाइएको छ ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड भएको छ ।

कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर तथा रु ३ अर्ब ८३ करोड १४ लाखमा खरिद सम्झौता हुने जनाइएको छ ।