
काठमाडौं, कात्तिक ५ । भूकम्पबाट क्षति भएको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु भएको छ ।
पुरातात्विक महत्व र पहिचान कायम हुनेगरी सिंहदरबारको प्रबलीकरण सुरु गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो ।
प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राज्यका महत्वपूर्ण कार्यक्रममासमेत प्रयोग हुनेगरी बलियो र सुरक्षित प्रबलीकरण भइरहेको बताएका छन् ।
सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच एक हप्ताअघि ठेक्का सम्झौता भएको थियो ।
जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ ।
प्रतिक्रिया दिनुहोस्