काठमाडौं, कात्तिक ५ । मंगलबार सेयरबजारमा सुधार आयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंकले सकारात्मक रहेर ११ सय ३४ कायम भयो ।
कारोबार भएकामध्ये बढीजसो समूह हरियो रहेसँगै नेप्से पनि हरियो रहेको हो ।
यसदिन निर्जीवन बिमा, होटल, अन्य, सामूहिक लगानी कोष र वित्त समूहबाहेक अरु समूह सकारात्मक रहेका हुन् ।
जीवनबिमा समूह सबैभन्दा उच्च १९ अंकले सुधारियो । निर्जीवन बिमा समूह सबैभन्दा उच्च १७ अंकले ओरालो लाग्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीका ६ लाख ४५ हजार कित्ता सेयर १६ करोड ५३ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्