
काठमाडौं, २३ बैशाख । नेकपा एमालेको स्थायी कमिटी बैठकमा नेताहरुले राष्ट्रियसभाको उपनिर्वाचन र विश्वासको मतबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभाको आसन्न उपनिर्वाचन प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते लिन लागेको विश्वासको मतका बारेमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको हो ।
सञ्चारकर्मीहरुसँग ज्ञवालीले भन्नुभयो, ‘राष्ट्रियसभाको उपनिर्वाचनबारे छलफल भयो, प्रधानमन्त्रीज्यूले नेकपा एमालेका उम्मेदवारलाई जिताउने तयारी गर्ने गरी विभिन्न सुझाव लिनुभएको छ । हामीले जनप्रतिनिधिहरु र मतदातासँग कुराकानी गर्ने भनेका छौं । अब उम्मेदवारबारे छिट्टै तय हुन्छ ।’
जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा वाग्मतीबाट गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाइने भनिए पनि विपक्षीहरुबीच गठबन्धन बनेकाले अब मत विश्लेषण पछि मात्रै निर्णय गर्नेमा प्रधानमन्त्री ओली पुग्नुभएको छ ।
अकोृ प्रसंगमा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘आजको बैठकमा विश्वासको मतको सन्दर्भबारे छलफल गरेका छौं । विश्वासको मत प्राप्त हुन्छ ।’
यही वैशाख २७ गते संसदमा विश्वासको मत लिने भन्दै ओलीले विशेष अधिवेशन बोलाउनुभएको छ भने माओवादी केन्द्रले बुधबार सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।
वागमती प्रदेशमा एमालेको एकल बहुमत रहेकाले गृहमन्त्री थापालाई उठाउने निर्णय गरेका प्रधानमन्त्री ओली माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि हच्कनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्