२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


इलाम गोदकका महिलाहरु ब्यवसायिक फूल खेतीमा


0
Shares

इलाम । तिहारमा भारतवाट आउने फूलको आयातलाई घटाउन इलामको इलाम नगरपालिका–१० गोदकका महिलाहरुले फूल खेती गरेका छन् ।

उनीहरुले तिहारमा आवश्यक पर्ने सयपत्री फूलको खेती गरेका हुन् । थोरै मेहेनतमा धेरै आम्दानी हुने भएकाले आफ्नो खाली बारी तथा पाखालाई सदुपयोग गरेर उनीहरुले व्यावसायिक फूलको खेती गरेका हुन ।

तिहार र छठ पर्वमा सयपत्री फूलको व्यापार राम्रो हुने भएकाले खेती थालेको महिलाहरुको भनाई छ । तिहारमा सयपत्री र मखमली फूलको माला निकै महत्व हुन्छ ।

चेलीबेटीले दाजु भाइलाई माला लगाइदिन होस या त घर सजाउनका लागि पनि सयपत्री फूल प्रयोग हुने गर्दछ । फूलको पर्व मनाउँदै गर्दा इलाम फूलमा आत्मनिर्भर बन्नुपर्छ भनेर उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।

तिहारलाई दिदीबहिनी र दाजुभाइबीच एक आपसमा माया, प्रेम, खुशी साटासाट गर्ने तथा फूलैफूलको पर्वका रुपमा लिइन्छ ।