२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


माओवादीद्वारा ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र आज बुझाउँदै


0
Shares

काठमाडौं । माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ ।

पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको छ ।

हिजो बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र आज बुझाउन लागिएको माओवादी केन्द्रले जनाएको छ ।