Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


इसेवा एकाउन्टमा सिधैं बैंक खाता लिंक गर्न सकिने


0
Shares

काठमाडौं । इसेवा एकाउन्टलाई सिधैं बैंक खातामा लिंक गर्न सक्ने भएको छ । उपभोक्ताले यो सेवासँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी सहज ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने कम्पन्नीले जनाएको छ ।

इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङमार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्ने भन्दै कम्पन्नीले आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताउनुभयो ।

एकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि इसेवा प्रयोगकर्ताको इसेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ । साथै यो सेवा लिनका लागि इसेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ सेवा लिएको हुनुपर्ने कम्पनीले जनाएको छ । इसेवामा र बैंकमा रहेको मोबाइल नम्बर पनि एउटै हुनुपर्नेछ । यी दुवै ठाउँमा मोबाइल नम्बर फरक परेमा इसेवा एकाउन्टमा सेकेण्डरी आइडीका रुपमा राख्न सकिने कम्पनीले जनाएको छ ।

Skip This