Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


जिग्री र पाँडेविरुद्ध उजुरी


0
Shares

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सकिगो नि’ बीचको विवाद प्रहरीमा पुगेको छ ।

आइतबार मिडिया हबका प्रमुख सोम धितालले ‘सकिगो नि’ मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको भूमिका टेलिसिरियल ‘भद्रगोल’को पात्र भएको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका थिए ।

महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायब उपरिक्षक होबिन्द्र बोगटीका अनुसार मिडिया हबले कपिराईटको उजुरी प्रहरीमा दिएको हो । -नागरिक दैनिकबाट