Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


भासिएको सडक मर्मत गर्न ६ करोड रुपैयाँ खर्च, समस्या उस्तै


0
Shares

इलाम । मेची राजमार्गको इलाम माइखोला खण्डको सडक भासिने क्रम रोकिएको छैन । राजमार्गको ठाउँ ठाउँमा सडक भासिएपछि वर्षौदेखि यात्रा कष्टकर बन्दै गएको छ ।

डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१/०७२ मै भासिएको सडक मर्मतका लागि ६ करोड रुपैयाँमा ठेक्का लगाएको थियो ।

बल्ल तल्ल सकिएको निर्माण पनि भत्किएर पुन सडक भासिने क्रम रोकिएको छैन ।

डिभिजन सडक कार्यालयले भासिएका सडक पुनः मर्मतका लागि ठेक्का बन्दोबस्तीको तयारी गरेको छ ।

राजमार्गको माइखोला र चुरेघाँटी खण्डको भासिएको १२ किलोमिटर सडक खण्ड पुन निर्माणका लागि पाँच करोड खर्च हुने अनुमान छ ।

माइखोला भञ्ज्याड क्षेत्रमा ठाउँ ठाउँमा सडक भासिएकाले सबारी चालक तथा यात्रुलाई सडक पार गर्न समस्या रहेको छ ।

निर्माण व्यवसायी स्वच्छन्द सफल जे भीले पाँच वर्ष लगाएर नयाँ प्रविधिमा आधारित रक एन्करिङ विधिबाट सडक मर्मत गरेपछि सडक केही हदसम्म भासिन कम भएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुवकुमार झाको भनाई छ । 

 

Skip This