२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पुँजीबजार निरन्तर झर्नु नियामक निकाय कमजोर हुनुको परिणाम : विश्लेषक


0
Shares

काठमाडौं, कात्तिक २ । विगत तीन वर्षदेखि पुँजीबजारमा गिरावट जारी छ ।

केही वर्षपहिले बजार परिसूचक नेप्से लगातार बढेर नेप्से १८ सय विन्दु पार गरेको थियो ।

तर, पछिल्ला केही वर्षयता नेप्से १२ सय विन्दुभन्दा उकालो लाग्न सकेको छैन ।

‘मार्केट मेकर’को अभावले पुँजीबजारले गति लिन नसककेको सेयर विश्लेषक बताउँछन् ।

कुनैपनि देशको आर्थिक ‘ब्यारोमिटर’कारुपमा पुँजीबजारलाई लिने गरिन्छ ।

विश्वबजारमा पुँजीबजार सकरात्मक रहँदा पनि नेपालमा भने झर्दो अवस्थामा छ ।

पुँजीबजारमा नियामक निकायले ध्यान दिन नसक्दा बजारले गति नलिएको पुँजीबजार विश्लेषक अमृतनाथ रेग्मीको बुझाइ छ ।

सरकारले ल्याएको मार्केट मेकरको अवधारणालाई कार्यान्वयनमा ल्याउन नसक्दा पनि पुँजीबजारले गति लिन नसकेको उनको भनाइ छ ।

सरकारले निश्चित क्षेत्र र कम्पनीलाई मात्रै नभइ अन्य कम्पनीहरुलाई पनि पुँजीबजारमा ल्याउनुपर्ने रेग्मी बताउँछन् ।

विभिन्न क्षेत्रमा छरिएर रहेका पुँजीलाई एकत्रित गरी पुँजी व्यवस्थापन गर्नसके पुँजीबजारले गति लिने विश्लेषक बताउँछन् ।