Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


दाङमा कारमा मृत भेटिएका तीनै बालकको पहिचान खुल्यो


0
Shares

काठमाडौं । दाङमा पार्किङ गरेर राखेको भारतीय कारमा फेला परेका तीन जना बालकको शवको पहिचान भएको छ।

उनीहरु तीनै जना तुलसीपुर स्याउली बजारका बालक रहेको प्रहरीले जानकारी दिएको छ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी सिवबहादुर सिंहका अनुसार मृत फेला पर्नेमा भिम बहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्न परियार र किरण परियारका वर्ष ७ कै करण परियार रहेका छन् ।

उनीहरु ४ दिन अघि घरबाट बेपत्ता भएका थिए । पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको आर जे ०१ सीसी ०८८५ नम्बरको कारमा हिजो साँझ उनीहरुकाे शव भेटिएकाे थियाे ।

Skip This