
काठमाडौं, कात्तिक १ । महिला उद्यमी मेला शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
व्यावसायिक तथा पेसागत महिला मञ्च काठमाडौंलगायत विभिन्न संघ,–संस्थाले सन्चालन गरेको प्रदर्शनी तथा बिक्री मेलामा हस्तकलालगायत घरेलु उत्पादनका सामग्री राखिएको छ ।
तिहारलाई लक्षित गरी सन्चालन गरिएको प्रदर्शनी तथा बिक्री मेलामा वस्तुहरु सहुलियत दरमा बिक्री गरिएको आयोजकको दाबी छ ।
व्यावसायिक तथा पेसागत महिला मञ्चकी अध्यक्ष लक्ष्मीकेशरी मानन्धरले महिला उद्यमी मेला तीन दिनसम्म चल्ने जानकारी दिइन् ।
मेलामा खाद्यान्न, लत्ताकपडा, तथा महिलाहरुले उत्पादन गरेका सामग्रीहरु राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्