Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


नि:शुल्क एम्बुलेन्स चाहिए १०२ मा सम्पर्क गर्न मेयर शाक्य अनुरोध


0
Shares

काठमाडौं, बैशाख १६ । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भिडभाड नगर्न अपिल गर्नुभएको छ ।

मेयर प्रमुख शाक्यले कोरोना संक्रमणको दोस्रो लहर काडमाडौंभित्र द्रुत गतिमा फैलन सक्ने भन्दै सरकारले जारी गरेको सूचनालाई आधार मानी स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

उहाँले महानरपालिका देशको प्रमुख सांस्कृतिक शहर भएका कारण मठ, मन्दिर लगायत धार्मिक स्थलहरुमा पुजापाठ गर्ने प्रचलन रहेको भन्दै धार्मिक स्थलमा भिडभाड हुँदा संक्रमण फैलिने भएकाले ती स्थानहरुमा भिडभाड नगर्न अनुरोध गर्नुभएको छ ।

मेयर शाक्यले कुनै प्रकारको स्वास्थ्य जटिलता आएका हटलाइन नम्बर ११८०, मोवाईल नम्बरहरु ९८४९८५६६७२, ९८४९८५६६७१ र कोरोनाका विरामीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा चाहिएमा १०२ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।