
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । महासचिबमा डा. हेमराज शर्मा विजयी भएका छन् ।
काठमाडौंमा भएको निर्वाचनमा १२ सय १७ मत ल्याएर पन्त अध्यक्षमा निर्वाचित भएका हुन् । औपचारिक घोषणा हुन भने बाँकी छ । निर्वाचन समितिले सम्पूर्ण मत परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
पन्तका प्रतिस्पर्धी कुल आचार्य १ हजार ७० मत प्राप्त गरे । हिजो भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन गत असोज २८ देखि सुरु भएको थियो ।
३० गतेसम्मका लागि महाधिवेशन तय गरिएको भए पनि विभिन्न विवादका कारण सम्मेलन लम्बिएको हो ।
सुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिएपनि पछि विवाद भएपछि मतपत्र नै प्रयोग गरिएको हो । निर्वाचनमा ४२ पदका लागि ७६ जना चुनावी मैदानमा थिए
प्रतिस्पर्धामा रहेका मध्ये कोषाध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले सर्वाधिक मत ल्याए ।
उनले १६ सय ५३ मत ल्याए भने उनका प्रतिस्पधी सुदन थापाले ४ सय ४७ मत मात्र ल्याए ।
प्रतिक्रिया दिनुहोस्