२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


छथर गाउँपालिका जिल्लाकै पहिलो ब्लु सिटी, पर्यटक लोभिए


0
Shares

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका जिल्लाकै पहिलो ब्लु सिटीको रुपमा चिनिन थालेको छ ।

गाउँपालिकाले बजेट नै छुट्यायर घरहरुमा निलो रङ लगाई ब्लु सिटी निर्माण गरीएको हो ।

स्थानीय सरकारले बजारलाई सफा, स्वस्च्छ र सुन्दर बनाएर व्यवस्थित बजारको रुपमा विकास गर्ने उदेश्यले गाउँपालिकाले बजेट नै छुट्याएर काम गरेको  हो ।

शहरी रंगरोकन कार्यक्रमको रुपमा स्थानीय सरकार र स्थानीय श्रमदान गरी २१ लाख २० हजार बराबरको लागतमा योजना सञ्चालन भएको शहरी रंगरोकन कार्यक्रमका सचिव लोकेन्द्र लिम्बुले जानकारी दिए ।

ब्लु सिटीको रुपमा विकास हुँदै गरेको छथर गाउँपालिकाको केन्द्र पर्यटकहरुको रोजाइमा पर्न थालेको छ ।

बजार क्षेत्रमा अब निर्माण हुने घरहरुलाई पनि अनिवार्य रुपमा निलो रंगको छाना बनाउने गाउँपालिकाले नीति ल्याएको छ ।