१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एनआरएनएको मतगणना अन्तिम चरणमा: अध्यक्षमा आचार्य र पन्तबीच कडा प्रतिस्पर्धा


0
Shares

काठमाडौं । काठमाडौंमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । 

बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना लगभग सकिएको छ ।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो ।

निर्वाचन समितिले मत परिणामको आधिकारिक जानकारी शुक्रबार बिहान दिने तयारी गरेको छ । एनआरएनएको नेतृत्वका लागि कुल आचार्य र कुमार पन्त प्यानलबीच प्रतिस्पर्धा छ ।

मध्यरातमा प्राप्त जानकारी अनुसार पन्तले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई ७० मतले पछि पारेका थिए । तर शुक्रबार विहान प्राप्त जानकारी अनुसार अमेरिका, अफ्रिका र अष्ट्रेलियाको मत परिणाम सार्बजनिक गर्दा आचार्य १८ मतले अगाडि छन् ।

केही पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन समितिले शुक्रबार बिहान १० बजेसम्म नतिजा बाहिर आउनसक्ने बताएको छ ।