
काठमाडौं, असोज ३० । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत् बिहीबार साँझ मतदान सकिएको छ ।
बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो ।
शान्तिपूर्णरुपमा मतदान सकिएको र केहीबेरपछि मतगणना सुरु हुने संघका महासचिव बद्री केसीले जानकारी दिए ।
निर्वाचनमा सुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो ।
निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा. हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
निर्वाचनमा करिब दुई हजार ५०० मतदाता रहेका छन् ।
यसैबीच, पूर्वनिर्धारित् कार्यतालिकाअनुरुप बिहीबार साँझ हुने भनिएको संघको समापन समारोह नहुने भएको छ ।
मतगणनाको परिणामपश्चातमात्रै समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्