४ असार २०८२, बुधबार | Wed Jun 18 2025


भारतले विदेशबाट अक्सिजन ल्याउने


0
Shares

एजेन्सी । भारतको दिल्ली सरकारले विदेशबाट अक्सिजन आयात गर्ने भएको छ ।

कोभिड–१९ संक्रमितको संख्या अत्यधिक भएपछि अक्सिजन अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट आयात गर्ने भएको हो ।

दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्यांकर आयात गर्ने निर्णय गरेको छ । अक्सिजन मगाइएको ट्यांकर आज दिल्लीमा आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो ।

मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्यांकर ल्याउनका लागि केन्द्र सरकारसँग एयरफोर्स विमान उपलब्ध गराइदिन आग्रह पनि गर्नुभएको छ ।

दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको बताउँदै त्यसले दिल्लीमा अक्सिजनको समस्या समाधान गर्ने उहाँको भनाइ छ ।

भारतमा दैनिक तीन लाखभन्दा धेरै कोरोना संक्रमित थपिँदै गएपछि अस्पताल भर्ना भएका ९० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक भएपछि त्यहाँ अक्सिजनको अभाव भइरहेको छ ।