Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


जलबीरे पुल सञ्चालनमा


0
Shares

चितवन, बैशाख १४ । नारायणगढ–मुग्लिङ सडक खण्डमा निर्माण भएको जलबीरे पुल संचालनमा आएको छ ।

पुल निर्माणको काम सम्पन्न भएसँगै सवारी गुड्न थालेका छन् ।

निर्माण सम्पन्न भएपछि पुलको भारवहन क्षमतावारे अध्ययनपछि सवारी गुड्न अनुमति दिएको सडक आयोजनाकी इन्जिनियर सविना रानाभाटकाले जानकारी दिनुभयो ।

८० मिटर लामो पुल १३ करोड ९४ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

पुल बनाउन रौताहा कन्सट्रक्सन उदयपुरसँग २०७४ असोज २३ गते सम्झौता गरिएको थियो ।

जलबीरे पुलसँगै यो सडकखण्डमा अन्य १५ वटा पक्की पुलहरु निर्माण भइरहेका छन् ।