२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


नेपाललाई अमूर्त सम्पदाको विश्वबिद्यालय बनाऔं : मन्त्री भट्टराई


0
Shares

काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अमूर्त साँस्कृतिक सम्पदाको संरक्षण गर्न सरकारले दीर्घकालिन योजना बनाउने बताएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमूर्त साँस्कृतिक सम्पदा दिवसको सन्दर्भमा आज काठमाडौमा गरेको कार्यक्रममा उनले संस्कृति मुलुकको पहिचान भएकाले यसको संरक्षण र सम्वद्र्धनमा सरकारले दीर्घकालिन योजना बनाउने बताए ।

नेपाल अमूर्त सम्पदाको धनी भएकाले नेपाललाई अमूर्त सम्पदाको विश्वबिद्यालय बनाउनु पर्ने उनको भनाई थियो ।

पछिल्लो समयमा अमूर्त सम्पदामाथि मानविय हस्तक्षेप बढ्दै गएकाले यसबाट बचाउने चुनौती रहेको उनको भनाई थियो ।

सँस्कृतिविद् सत्यमोहन जोशीले सँस्कृतिको विनाशले मानवको विनाश हुने भएकाले यसको संरक्षणतर्फ सचेत हुनु पर्ने बताए ।

कार्यक्रममा अमूर्त सम्पदा, संस्कृति र नेपाली रितीरिवावाजबारे बिभिन्न कला प्रस्तुत गरिएको थियो ।