Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


निषेधाज्ञाको समयमा हुने घरेलु हिंसा न्यूनीकरण लागि प्रवन्ध मिलाउन समितिको निर्देशन


0
Shares

काठमाडौं, बैशाख १४ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समयमा महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल तथा लैंगिक अल्पसंख्यकहरु माथि हुनसक्ने हिंसा नियन्त्रणका लागि पूर्वतयारी गर्न गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

साथै समितिले लिङ्ग, वर्गमैत्री क्वारेन्टीनको प्रवन्ध समयमै मिलाउन पनि निर्देशन दिएको छ ।

बैठकमा समिति सदस्य ध्रुवकुमार शाहीको संयोजकत्वमा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा महिला, बालबालिका, जेष्ठ नागरिक, पीछडिएका वर्ग र अपाङ्गता सम्बन्धी विद्यमान अवस्था र सम्बन्धित कानूनको कार्यान्वयनको अवस्थाको सम्बन्धमा गरेको स्थलगत अध्ययनमाथि पनि छलफल भएको थियो ।

अध्ययन भ्रमणको बिस्तृत प्रतिवेदन समितिको आगामी बैठकमा प्रस्तुत गरिने निर्णय पनि भएको छ ।