Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


अध्यागमनद्वारा नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक


0
Shares

काठमाडौं । अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै विभागले कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै वैशाख १५ गते मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र विदेश जानेहरूका लागि साबिक बमोजिम नै नियमित रहने जनाएको छ ।