काठमाडौं, असोज २९ । सेयरबजारको वृद्धि एक दिन पनि टिक्न सकेन ।
अघिल्लो दिन सकारात्मक रहेको सेयरबजारमा बुधबार पुनः गिरावट आयोे ।
अघिल्लो दिन ५ अंकले सकारात्मक रहेको बजार परिसूचक नेप्से यसदिन पाँचै अंकले झरेर ११ सय ३७ मा आएर थामियो ।
यसदिन कारोबार पनि न्यून रह्यो । विकास बैंक, वित्त र सामूहिक लगानी कोष सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे । उत्पादनमूलक, होटल र बिमा समूह दोहोरो अंकले ओर्लिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीका सात लाख ३६ हजार कित्ता सेयर जम्मा १९ करोड ६७ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्