Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


खाद्यसम्बन्धी समस्या समाधान गर्न छुट्टै निकाय आवश्यक : मन्त्री खनाल


0
Shares

काठमाडौं, असोज २९ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खाद्यसम्बन्धी समस्या समाधानका लागि छुट्टै निकायको आवश्यकता रहेको बताएका छन् ।

३९औं विश्व खाद्य दिवसका सन्दर्भमा बुधबार कृषि विभागले राजधानीमा गरेको कार्यक्रममा उनले कृषि, स्वास्थ्य, शिक्षालगायतका मन्त्रालय मिलेर छुट्टै निकाय स्थापना गर्न सकिए त्यसले अनुसन्धान गरी खाद्यसम्बन्धी समस्या समाधानमा सहयोग गर्नसक्ने बताए ।

मन्त्री खनालले मुलुकभित्रै उपलब्ध खाद्यपदार्थलाई व्यवस्थित गर्न नसकिएको पनि बताए ।

भौगोलिक बनावट, क्षेत्रगत विद्यमान कारणलगायतले खाद्य सुरक्षासम्बन्धी व्यवस्थापनमा समस्या देखिएको उनको भनाइ थियो ।

उनले खानेशैलीमा परिवर्तन ल्याउनुपर्ने र खाद्य वितरण प्रणालीमा पनि सुधार आवश्यक रहेको बताए ।

खाद्य सुरक्षा तथा पोषणसम्बन्धी जानकारी गराउने उद्देश्यले १५० बढी देशले विश्व खाद्य दिवस मनाउँदै आएका छन् ।

Skip This