 
	    संखुवासभा, असोज २९ । संखुवासभाको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका तोप्चेन भोटेलाई सार्वजनिक गरिएको छ ।
सोमबार पक्राउ परेका खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय भोटेलाई बुधबार संखुवासभामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
विशेष सुराकीको आधारमा संखुवासभाको चेपुवा प्रहरीचौकीको टोलीले चेकजाँच गर्नेक्रममा भोटेको झोलाबाट पाँच किलो सुन, ३८ हजार ८० रुपैयाँ नगद र चिनियाँ मुद्रासमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए ।
बरामद गरिएको उक्त पाँच किलो सुनको मूल्य तीन करोड सात हजार रुपैयाँ बराबर रहेको र यति ठूलो परिमाणको सुन संखुवासभामा बरामद गरिएको पहिलो घटना भएको उनले बताए ।
खाँदबारीबाट गाडी र पैदल गरी दुई दिन टाढा रहेकाले भोटेलाई सोमबार पक्राउ गरिएपनि सदरमुकामसम्म ल्याउन समय लागेको र थप अनुसन्धान भइरहेको बताइएको छ ।
सुन छिमेकी देश चीनको तिब्बतबाट ल्याइएको अनुमान गरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्