२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एनआरएनएको चुनावी प्रक्रिया सुरु, आचार्य र पन्तले उम्मेदवारी दर्ता गराए


0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

४२ जनाको कार्यसमिति चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ ।

आज साँझ ५ देखि राति १० बजेसम्म महाधिवेशन प्रतिनिधिहरुले विद्युतीय मतदान गर्नेछन् । मतदान सम्पन्न भएको एक घण्टाभित्र मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन् ।

उनीहरु दुवैजनाले उम्मेदवारी दर्ता गरेका छन् । बुधबार मध्यान्ह १२ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयभित्र पन्त र आचार्यले मात्रै अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सम्मेलनमा भाग लिन ८१ देशबाट करिब दुई हजार पाँच सय प्रतिनिधि काठमाडौं आएका छन् ।