अमिलो जातका फलफूलको उत्पादन र गुणस्तर खस्कँदै • Image Khabar Image Khabar


अमिलो जातका फलफूलको उत्पादन र गुणस्तर खस्कँदै


Imagekhabar
२९ आश्विन २०७६, बुधबार १२:४२

अमिलो जातका फलफूलको उत्पादन र गुणस्तर खस्कँदै

धनकुटा । धनकुटा लगायत मध्यपहाडी क्षेत्रमा अमिलो जातका फलफूलको उत्पादन र गुणस्तर खस्कँदै गएको छ ।

नर्सरी व्यवस्थापनमा ध्यान नदिँदा विभिन्न रोगका कारण धनकुटामा अमिलो जातका उत्पादन र गुणस्तर खस्कँदै गएको हो । प्रविधि खरिद गर्न नसक्ने किसानहरु परम्परागत रुपमै अमिलो जातका फलफूलको नर्सरी गर्न बाध्य छन् ।

कृषि वैज्ञानिकहरु स्वस्थ्य विरुवा उत्पादनका लागि नर्सरीमा जालीघर अनिवार्य रहेको बताउँछन् ।

नर्सरी मै स्वस्थ विरुवा उत्पादन गर्न सके सुन्तलाजात फलफूलमा लाग्ने रोग किरा र भाइरसजन्य समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने धनकुटाको पारिपात्ले स्थित राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमका कृषि वैज्ञानिक डा. उमेश आचार्यको सुझाव छ ।

तर कृषि वैज्ञानिक, प्राविधिक र उपयूक्त प्रविधिको पहुँच नभएका किसान अहिले पनि पुरानै ढंगले नर्सरी तयारी र बगैचा बिस्तार गरिरहेका छन् ।

अमिलोजात फलफूल खेतीलाई नै आम्दानीको मुख्य आधार बनाएका ग्रामीण किसान आफै उपयुक्त प्रविधि गर्न सक्ने अवस्थामा नरहेको उनीहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्