२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एनआरएनएको उम्मेदवारी छनोटमा धाँधली भएको आरोप


0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावमा भागलिने मतदाता नामावलीमा धाँधली भएको दावीका साथ मतदाता नामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेको छ ।

निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँधली गरेको उल्लेख गर्दै गैर आवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा छानबिन पूरा नहुञ्जेलसम्मका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न माग गरिएको छ । बुधबार संघको निर्वाचन प्रक्रिया सुरु भएपनि मतदाता नामावलीको विषयमा उजुरी परेपछि समस्या देखिएको छ ।

मतदाता नामावलीमा धाँधली भएको दावीका साथ छानबिनका लागि परराष्ट्र मन्त्रालयमा यसअघि नै उजुरी परिसकेको छ । मतदाता नामावलीमा धाँधली भएको दावीसहित उजुरी परेपछि बुधबार बिहान सुरु हुने भनिएको उम्मेदवारी दर्तामा किचलो भएको छ ।

‘संघको राष्ट्रिय महाधिवेशन सञ्चालन नियमावली २०१९ को नियम ३.१, संघद्वारा ३० अगस्ट २०१९ माजारी सूचनाको बुँदानम्बर १ तथा संघको ४ अक्टोबर २०१९ मा बसेको निर्णय बमोजिमजारी सूचनानम्बर ५ को बुँदा नम्बर ७ बमोजिम विभिन्न मुलुकबाट प्राप्त प्रतिनिधि तथा मतदाता नामावली, उल्लेखित कानूनी व्यवस्था बमोजिम प्रकाशित नगर्ने, हामीलाई उपलब्धन गराउने, गोप्य रुपमा प्रतिनिधिको नाम फेरबदल गर्ने, अनाधिकृत व्यक्तिहरुको नाम सिफारिस गर्ने लगायत संघको विधानको बर्खिलाप कार्यहरु त्यस सचिवालयबाट निरन्तर रुपमा भैरहेका छन्,’ उजुरीमा भनिएको छ ।

गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम संघको गैरकानूनी कार्यको अनुगमन गरि त्यस्तो गैरकानूनी कार्य अबिलम्ब रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयमा २०७६ असोज २७ गते दर्ता नम्वर १५९४ मानिवेदन दर्ता गरिसकेको निवेदनमा उल्लेख गरिएको छ ।

परराष्ट्र मन्त्रायलबाट विश्व सम्मेलनमा संघको सचिवालयले गरेको कार्यको अनुगमन गरी आवश्यक निर्देशन नआउञ्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गर्न उनले माग गरेका छन् ।

विभिन्न देशमा कार्यसमितिले छनौट गरेर पठाएका प्रतिनिधिको सूची अनैतिक हिसावले परिवर्तन गरेको बताउँदै संघका महासचिव बद्री केसीमाथि यसअघि पनि थुप्रै उजुरी परेका छन् ।

निष्पक्ष रुपमा हुनुपर्ने प्रक्रियागत कार्यहरुमा सचिवालयको दुरुपयोग गरी महासचिव केसीले एकपक्षीय निर्णय गरेको आरोप एनआरएनएका सदस्यले लगाएका छन ।एनआरएनए अध्यक्षमा कुल आचार्य र कुमार पन्तबीच प्रतिस्पर्धा हुँदैछ । केसी पन्तको प्यानलबाट उपाध्यक्षका उम्मेदवार हुन् ।