मदन भण्डारी लोकमार्ग निर्माण कार्यमा तिब्रता • Image Khabar Image Khabar


मदन भण्डारी लोकमार्ग निर्माण कार्यमा तिब्रता


Imagekhabar
२९ आश्विन २०७६, बुधबार ११:५८

मदन भण्डारी लोकमार्ग निर्माण कार्यमा तिब्रता

उदयपुर । सरकारको उच्च प्राथमिकतामा परेको पूर्वपश्चिम मदन भण्डारी लोक मार्गको पूर्वी खण्डको निर्माण कार्यले तीब्रता पाएको छ ।

धरान, चतरा हुँदै सिन्धुलीसम्मको १ सय ३४ किलोमिटर सडकको निर्माण कार्यले तीब्रता पाएको हो ।

कुल सडकको ६५ प्रतिशत कार्य भइसकेको आयोजना प्रमुख ललिजन खनालले जानकारी दिए ।

सडक खण्डकोे निमार्णको जिम्मा ६ अर्ब ५४ करोड २९ लाख ३२ हजारमा जेडआइसीसी लामा एण्ड शर्मा जोइन्ट भेन्चरले पाएको छ ।

सडक २०७७ साल भाद्र ४ सम्ममा सम्पन्न गर्नु पर्ने आयोजनाले जानकारी दिएको छ  ।

गत असारको अन्तिम साता परेको अविरल वर्षाले १५ करोड भन्दा बढी क्षति भएको निमार्ण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्