२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विदेश जान छाडेर गाइपालनमा लागेका युवाको लोभलाग्दो आम्दानी


0
Shares

-प्रकाश नेपाल/ईमेज

इलाम । इलामको इलाम नगरपालिका ५ बरबोटेका एक युवाले व्यावसायिक गाईपालनबाट राम्रो प्रगति गरिरहेका छन् ।

स्वदेशमा रोजगारीका नभएको भन्दै गाउँका युवा विदेशतिर गइरहँदा उनी भने स्वदेशमै केही गर्छु भन्ने अठोटका साथ अघि बढेका हुन् ।

इलाम नगरपालिका–५ बरबोटेमा हरेक परिवारको कोही न कोही सदस्य विदेशमा छन् । विदेश गए मात्र कमाइ राम्रो हुन्छ भन्ने मानसिकताले गाउँका सबैजसोलाई छोइसकेको छ ।

तर सोही ठाउँका गौतम गुरुङ भने विदेश जानुको सट्टा गाउँमै गाइपालन गर्नतर्फ लागेका छन् ।

४८ वटासम्म गाई अटाउन १ करोड ५० लाख रुपैयाँमा फार्म बनाएर व्यवसाय थालेका गुरुङले अहिले २० वटा गाई पालेका छन ।

शुरुमा केही थाहा नभईकन व्यावसाय संचालन गरेकालाई अहिले गाईलाई दिने दाना गुणस्तरीय नभएकाले व्यवसाय सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ । 

सुरुमा गाउँमा  पालेका गाई एक एक गर्दै  किनेका थिए तर अहिले गोठमा जर्सी गाई मात्र छन् । जसबाट दुईजनाले रोजगारी पाइरहेका छन् ।

दाना र घाँस सहज रुपमा जुटाउन सके धेरै गाई पाल्न पनि कुनै समस्या नहुने  फर्मका कर्मचारी बताउँछन् ।

चार पाँच जनाको समुहले लगानी गरेर थालेको व्यवसायमा गौतम भने दैनिक काममा आफै खटिएका छन् लगनशीलता, र दृढ इच्छाशक्ति हुने हो भने कमाइका लागि विदेशिनु नपर्ने उनको कामले पुष्टी गरेको छ ।