हिरोले ल्यायो २०० सीसीको ‘एडभेन्चर’ मोटरसाइकल • Image Khabar Image Khabar


हिरोले ल्यायो २०० सीसीको ‘एडभेन्चर’ मोटरसाइकल


Imagekhabar
२८ आश्विन २०७६, मंगलवार १९:५९

हिरोले ल्यायो २०० सीसीको ‘एडभेन्चर’ मोटरसाइकल

काठमाडौं, असोज २८ । हिरो मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले २०० सीसीको ‘एक्सपल्स’ मोटरसाइकल ल्याएको छ ।

कम्पनीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ ‘बाइक’ सार्वजनिक गरेको हो ।

साहसिक ‘बाइकिङ’ समूहअन्तर्गत् रहेको यो बाइक पृथक र विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ ।

आकर्षक डिजाइन, प्रविधि र अलग बनोटका कारण यो बाइक नेपाली युवामाझ लोकप्रिय हुने विश्वास कम्पनीको छ ।

यो मोटरसाइकलको स्थानीय बजार मूल्य तीन लाख ८५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्