नेप्से ५ अंकले सच्चियो • Image Khabar Image Khabar


नेप्से ५ अंकले सच्चियो


Imagekhabar
२८ आश्विन २०७६, मंगलवार १९:५८

नेप्से ५ अंकले सच्चियो

काठमाडौं, असोज २८ । मंगलबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले सच्चियो ।

सोमबार दोहोरो अंकले ओर्लिएको नेप्से यसदिन ५ अंकले सुधारिएर ११ सय ४२ विन्दुमा थामियो ।

कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से सच्चिएको हो । व्यापार र उत्पादनमूलक समूह भने स्थीर रहे ।

यसदिन १५१ कम्पनीका सात लाख ६५ हजार कित्ता सेयर २२ करोड २४ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्