२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


व्यवस्थित तटबन्धका लागि चिनियाँ प्राविधिक टोलीले झापाका नदीमा अध्ययन गर्दै


0
Shares

झापा, साउन १० । झापाको ९ वटा नदीमा व्यवस्थित तटबन्धका लागि चिनियाँ प्राविधिक टोलीले अध्ययन सुरु गरेको छ ।

चीन भ्रमणको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ सरकारसँग गरेको सम्झौता बमोजिम प्रविधिक टोलीले झापाका ९ वटा नदीको अध्ययन सुरु गरेको छ ।

प्राविधिक टोली एक सातादेखि झापाको विभिन्न स्थानमा रहेका नदीको अध्ययनमा जुटेको छ । सिँचाइ मन्त्रालय, जल उत्पन्न प्रकोप, जनताको तटबन्ध कार्यक्रमका इन्जिनियर, सांसद र उच्च अधिकारीको सहभागितामा झापाका नदीहरुको प्रारम्भिक अध्ययन भइरहेको छ ।

उक्त टोलीले नदीको बहाव, बर्खा र हिउँदमा पार्न सक्ने क्षति र कुन स्थानमा कसरी तटबन्ध निर्माण गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले जानकारी दिए ।

पहिलो चरणमा जोखिमको तथ्याङ्क निकाल्ने र त्यसपछि नियन्त्रणका लागि काम गर्ने तयारी रहेको प्राविधिकहरुले बताएका छन् ।