आचार्य र पन्त प्यानलसहित मैदानमा - Image Khabar
Everest Bank

आचार्य र पन्त प्यानलसहित मैदानमा

काठमाडौं, असोज २७ । गैरआवासीय नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघको नयाँ अध्यक्षका लागि कुल आचार्य र कुमार पन्त प्यानलै बनाएर भिड्दैछन् ।

आचार्यले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी प्यानल घोषणा गरेका हुन् ।

आचार्यको प्यानलमा उपाध्यक्षमा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा रहेका छन् ।

महासचिवमा जानकी पुन र कोषाध्यक्ष्यमा सोम सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।

आचार्यले गैरआवासीय नेपाली संघमार्फत् नेपालमा गैरआवासीय नेपालीको पुँजी र प्रविधि भित्र्याउन पहल गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताए ।

आचार्यले एनआरएनए हटलाइनको व्यवस्था गर्ने, सीप विकास केन्द्रको स्थापना गर्नेलगायतका कार्ययोजनाहरु अघि सारेका छन् ।

अध्यक्षका अर्का प्रत्यासी कुमार पन्तले यसअघि नै आफ्नो प्यानलसहितको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्