२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


आर्थिक क्षेत्रका समस्या समाधानमा पहल लिने प्रधानमन्त्रीको प्रतिबद्धता


0
Shares

काठमाडौं, असोज २७ । नेपाल उद्योग परिसंघको प्रतिनिधिमन्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आर्थिक तथा औद्योगिक क्षेत्रका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वको प्रतिनिधिमन्डलले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी समस्याबारे ध्यानाकर्षण गराएको हो ।

सो भेटमा प्रधानमन्त्रीले आर्थिक तथा औद्योगिक व्यावसायिक क्षेत्रका समस्याबारे आफू गम्भीर रहेको भन्दै समाधान गर्दै जाने विश्वास दिलाएको परिसंघले जनाएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर हुनुपर्ने पनि बताएको परिसंघले जनाएको छ ।

परिसंघका अध्यक्ष मोरले चीनका राष्ट्रपतिको भ्रमण अत्यन्तै सफल भएको उल्लेख गरेका थिए ।

भ्रमणकाक्रममा भएका समझदारीले हिमाल सीमापार/बहुआयामिक सम्पर्क विस्तारमा थप महत्व दिएको र यसबाट निजी क्षेत्र उत्साही भएको पनि बताए ।

यसको कार्यान्वयनका लागि तीव्र सक्रियताको खाँचो रहेको पनि मोरले उल्लेख गरे ।

भेटमा अध्यक्ष मामेरले एकैपटक आएका धेरै प्रकारका नयाँ–नयाँ कानुन र नियमनकारी व्यवस्थाले उद्योगी–व्यवसायीहरु दबाबमा पर्दा नयाँ लगानीका लागि वातावरण प्रभावित भएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।