
डीबी विष्ट
बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार दिउँसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बझाङका निमित्त कार्यलय प्रमुख डाक्टर मिलन खड्काले बताउनु भयो ।
संक्रमित व्यक्ति भारतबाट चैत्र २९ गते बझाङ (आफ्नोघर) आएका थिए । उनी स्वास्थ्यमा समस्या देखिएपछि बैशाख ६ गते जिल्ला अस्पतालमा चेकजाँच गराउन पुगेका थिए ।
कोभिड एन्टिजीन विधिबाट चेक गर्दा उनमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिरहेकाे स्वास्थ्य निमित प्रमुख डाक्टर खड्काले बताउनु भयो ।
ती पुरुषको स्वास्थ्यमा थप समस्या भएपछि बिहीबार अस्पतालबाट सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । तर अस्पताल लादालाँदै उनको बाटोमै मृत्यु भएको छ । यो संगै बझाङमा कोरोनाबाट मर्नेको संख्या ४ पुगेको छ ।
जोखिम बढ्दै लापर्वाही उस्तै
बझाङमा कोरोनाको जोखिम बढ्दै गएको छ । भारतबाट घर फर्किनेहरु सोझै समुदायका व्यक्तिहरुसंग घुलमिल हुने गरेका कारणा जाेखिम बढेकाे हाे ।
बिहीबार मात्रै थप तीन जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये १ महिना अघि भारतबाट फर्कीएका खप्तडछान्ना गाँउपालिकाका २ जना र जयपृथ्वी नगरपालिकाका १ जना छन् ।
हात खुट्टा दुख्ने, खोकी लाग्ने भएपछि उनीहरु बिहीबार जिल्ला अस्पतालमा उपचार गराउन पुगेका थिए । कोरोना चाँज गर्दा उनीहरुमा कोरोना देखिएको डाक्टर खड्काले बताउनु भयो ।
यस्तै, बैशाख ३ गते थलारा गाँउपालिकाकी ३० बर्षिया एक महिलामा पनि कोरोना पोजेटिभ देखिएको थियो । ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने हातखुट्टा, कम्मर दुख्ने, रिगाटा लाग्ने, आदि लक्षण देखिएपछि अस्पतालमा उपचार गराउन अाएकी थिइन् । परीक्षणा गर्दा उनमा काेराेना पुष्टि भएकाे छ ।
यस्तै शनिबार मात्रै जयपृथ्वी नगरपालिकाकी ३० बर्षिया महिला, उनकी ४ बर्षिया छोरी र ३५ बर्षिया एक महिलामा कोरोना पोजेटिभ देखिएको थियो ।
शहर बजार, विद्यालय, सरकारी तथा गैर सरकारी संघसंस्था वा अन्य सार्वजनिक कुनै पनी ठाँउमा जाँदा मास्क नलगाएको पाइएकाले संक्रमण बढेको चिकित्सकको भनाइ छ । भारतमा काेराेना बढेसँगै जिल्ला फर्किनेहरु बढेका छन् ।
फर्किएकाहरुको स्वास्थ्य परीक्षण नगर्दा र क्वारेन्टिनमा नबस्दा कोरोना सर्ने खतरा बढेको छ । यसअघि क्वारेन्टाइन र आइसोलेसन निर्माण गरेर रोग नियन्त्रणमा लोगेका स्थानीय तहहरु पनि संक्रमण नियन्त्रणको पूर्व तयारीमा उदासीन देखिएका छन् ।
जिल्ल अस्पतालमा भेन्टिलेटर छ तर दक्ष जनशक्ति नहुँदा त्यो सञ्चालनमा आउन सकेको छैन् । यता, प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने कोरोना नियन्त्रणका लागी विभिन्न संघ संस्था र स्थानीय तहसँग समन्वय गरी रहेको बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस्