१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


नेप्से १२ अंकले झरेर ११ सय ३६ मा


0
Shares

काठमाडौं, असोज २७ । सोमबार पनि सेयरबजारमा दोहोरो अंकको गिरावट आयो । कारोबार पनि न्यून नै रह्यो ।

बजार परिसूचक नेप्से १२ अंकले झरेर ११ सय ३६ मा आएर थामियो ।

कारोबार भएकामध्ये सबैजसो समूहमा गिरावट आयो ।

होटल समूहमा सबैभन्दा उच्च ५३ अंक र निर्जीवन बिमा समूहमा पनि ४९ अंकको गिरावट आयो । जीवन बीमा समूह ३७ अंकले झर्‍यो । वाणिज्य बैंक, लघुवित्त र विकास बैंक समूह पनि दोहोरो अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीका ८ लाख ३३ हजार कित्ता सेयर करिब २२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।