सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता • Image Khabar Image Khabar


सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता


Imagekhabar
२७ आश्विन २०७६, सोमबार २०:०६

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता

काठमाडौं, असोज २७ । सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ ।

सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकामा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो ।

प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणअन्तर्गत्को केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच सोमबार सम्झौता भएको हो ।

जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ ।

सम्झौताअनुसार जेभीले १५ दिनभित्र प्रबलीकरण कार्य सुरु गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्