
बागलुङ, बैशाख ९ । बागलुङको निसीखोलामा एक्साभेटर पुरिँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
लोकमार्गअन्तर्गतको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको पाखुते भीरमा सडक फराकिलो बनाउने क्रममा एक्साभेटर पुरिएको हो ।
बिहीबार बिहान निसीखेला गाउँपालिका–१ पाखुतेमा सडक फराकिलो गर्दा खसेको माटोको ढिस्कोले एक्सकाभेटर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।
लोकमार्गको सडक साँघुरो र अप्ठ्यारो भएको हुँदा स्तरोन्नती र कालोपत्रेको काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्