
काठमाडौं, बैशाख ८ । नेपालमा बुधबार एकैदिन २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५१ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकले ८ हजार ८ सय ४४ जनामा गरिएको पीसीआर र ८ सय ३ जनामा गरिएको एन्टिजिन परीक्षणबाट करीब २४ दशमलव ३७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको जानकारी दिनुभयो ।
थपिएका संक्रमित मध्ये उपत्यकामा १ हजार ५१ जना रहेका छन् ।
जसमा काठमाडौमा ७ सय ८७, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना रहेका छन् ।
योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ८९ हजार ७ सय ८७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय १२ पुगेको छ ।
यस्तै थप २ सय ७७ जना संक्रमणमुक्त भएका छन् । योसंगै देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ८३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ रहेको छ ।
पछिल्लो पटक थपिएका संक्रमित मध्ये २० वर्ष मुनिका २ सय ७६ जना छन् भने २० देखि २९ वर्षसम्मका ५ सय ४८ जना छन् ।
३० देखि ३९ वर्ष सम्मका ५ सय ६४ जनामा संक्रमण देखिएको छ ।
संक्रमित मध्ये ९ हजार ७ सय ४६ होम आइसोलेसन र ८ सय ३६ संस्थागत आइसोलेसनमा छन् ।
तीमध्ये १ सय ३३ जना आइसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल काठमाडौ, ललितपुर र बाँके जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यता मन्त्रालयका प्रवक्ता डा. गौतमले संक्रमितको संख्या उकालो लागेसँगै आइसीयूलगायतका शैयाको समेत अभाव हुने अवस्था देखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्