 
	    काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।
दलका अध्यक्ष जित जंग बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै मुलुकमा कोरोना संक्रमण बढ्दै गएकाले गण्डकी प्रदेश र प्रदेश २ मा तय गरिएको बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु स्थगित गरिएको जनाउनु भएको छ ।
तरुण दलले गण्डकी प्रदेशको पोखरामा यही बैशाख १२ र १३ गते तथा प्रदेश २ को बारामा जेठ १ र २ गते बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु गर्ने तयारी गरेको थियो ।
अध्यक्ष बस्नेतले कोरोनाको प्रकोप नियन्त्रणमा आइ सामाजिक वातावरण सहज भएपछि केन्द्रीय समितिले पुनः नयाँ मिति सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्