
फिदिम, साउन १० । विगत एक महिनादेखि गोलभेँडा भारत निकासी नहुँदा चिन्तित बनेका पाँचथरको याङवरक र हिलिहाङका कृषकको बारीमै पुगेर जनप्रतिनिधिसहितको टोलीले अनुगमन गरेको छ ।
उत्पादन भएको गोलभेँडा जिल्लाकै विभिन्न बजारमा लगेर बिक्री गर्ने वातावरण बन्ने हो भने भारतसम्म लैजानु नपर्ने निष्कर्ष टोलीले निकालेको छ ।
याङवरक गाउँपालिका उपाध्यक्ष कमला कुमारी योङहाङको नेतृत्वमा गएको टोलीले गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न कृषकहरुको बारीमा पुगेर उनीहरुको समस्या बुझेको थियो । गोलभेँडा निर्यात तथा बजारीकरण गर्न कृषकहरुसँग छलफल तथा अन्तर्क्रिया गरिने भएको छ ।
गोलभेँडा आयातको सूचीमा नपरेको भन्दै भारतले एक महिनादेखि निकासीमा अवरुद्ध गर्दा यस क्षेत्रमा मात्रै ३ करोड रुपैयाँभन्दा बढीको गोलभेँडा बारीमै कुहिएको छ ।
प्रतिक्रिया दिनुहोस्