Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


धितोपत्र बोर्ड र आइक्यानबीच सूचना आदान प्रदानका लागी सम्झौता


0
Shares

काठमाडौं, बैशाख ७ । नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बिच सूचना आदान प्रदानका लागी समझदारी भएको छ ।

बोर्ड र आइक्यानबिच सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि समझदारीपत्र तथा सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा बोर्डका तर्फबाट अध्यक्ष भिष्म राज ढुंगाना र आइक्यानका तर्फबाट अध्यक्ष मदन कृष्ण शर्माले हस्ताक्षर गर्नुभएको हो ।

यस क्रममा बोर्ड अध्यक्ष ढुंगानाले धितोपत्र बजार, धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्थाकोवित्तीय विवरणको ढाँचा तयार गर्दै एनएफआरएस कार्यान्वयनमा सहजीकरण गर्न, सूचीकृत कम्पनीहरूको सूचना तथा विवरण प्रवाहमा पूर्णता तथा विश्वसनियता अभिवृद्धि गर्दै लगानीकर्ताहरूलाई पूर्ण सूचना प्रवाह गर्न सहयोग पुर्याउने लगायतका विषयहरूमा आवश्यक प्राविधिक सहयोग तथा परामर्श आदान प्रदान गर्न यो सम्झौता महत्वपूर्ण भएको बताउनुभयो ।