२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुन चाँदीको भाउ ओरालो लाग्यो


0
Shares

काठमाडौं । आइतबार सुन चाँदीको भाउ केही ओरालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले घटेर ७० हजार १ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि ५ सयले कमी आएर ७० हजार ४ सयमा कारोबार भएको थियो । यस दिन चाँदीको भाउ भने ८ सय ४५ मै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंन्स १४ सय ८८ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।