नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम पक्राउ • Image Khabar Image Khabar


नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम पक्राउ


Imagekhabar
२६ आश्विन २०७६, आईतवार ११:५०

नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम पक्राउ

रौतहट, असोज २६ । नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् ।

सांसद आलमलाई प्रहरीले आइतबार विहान  रौतहटको गौरबाट पक्राउ गरेको हो ।

०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ ।

आलम रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्