२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सिनो हाइड्रोसँग मेलम्ची ‘हेडवर्क्स’को सम्झौता


0
Shares

काठमाडौं, असोज २५ । मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवर्क्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै हेडवर्क्स निर्माणका लागि छनोट भएको समितिका सूचना अधिकारी वरिष्ठ डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिए ।

निर्माण कम्पनीले १५ महिनामा हेडवर्क्सको काम सक्ने गरी समय दिइएको उनले बताए ।

हेडवर्क्स निर्माणको लागत रु एक अर्ब दुई करोड हुनेछ ।

कम्पनीले १५ दिनमा स्थलगत अध्ययन गरी काम सुरु गर्नेगरी ठेक्का सम्झौता भएको छ ।

इटालियन निर्माण कम्पनी सीएमसीले गत वर्ष काम छोडेर हिँडेपछि ठेक्का सम्झौता रद्द गरी सिनो हाइड्रोलाई नै सुरुङको बाँकी काम गर्नेगरी छनोट गरिएको थियो ।

सुरुङको बाँकी कामका लागि भने रु ७५ करोडमा सम्झौता भएको छ ।

राजधानीमा बहुप्रतिक्षित मेलम्चीको पानी ल्याउने मिति पटक–पटक सर्दै आएको छ । रासस